२०८२ जेष्ठ ६ मंगलवार
२०८२ जेष्ठ ६ मंगलवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जिल्ला हुलाक कार्यालयमा भएको ठूलो आर्थिक अनियमितताको पर्दाफास गर्दै ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बचतकर्ताहरूको ५ करोड ३५ लाख ६४ हजारभन्दा बढी रकम हिनामिना गरेको गम्भीर आरोपमा कार्यालयका वर्तमान प्रमुख बलीराम प्रसाद कुर्मीसहित पूर्वप्रमुखहरू जयलाल प्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहमाथि भ्रष्टाचारको कसुरमा मुद्दा चलाएको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, कुर्मीले २०६० सालदेखि नै कार्यालयको बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले बचतकर्ताको रकमको कुनै अभिलेख नराखी आफूखुसी दुरुपयोग गरेको उजुरी अख्तियारमा परेको थियो । उक्त उजुरीमाथि गहिरो अनुसन्धान गर्दा कुर्मीले तत्कालीन कार्यालय प्रमुखहरूसँग मिलेर बचत रकम आपसमा बाँडफाँट गरी अपचलन गरेको तथ्य फेला परेको अख्तियारले जनाएको छ ।
घोटालामा साँवा र ब्याजसहित कुल ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ हिनामिना भएको अख्तियारको ठहर छ । अख्तियारले यही रकमलाई बिगो मानेर अभियुक्तहरूलाई कैद सजाय र जरिवानाको मागसहित मुद्दा दायर गरेको छ ।
घटनाले सरकारी कार्यालयमा हुने आर्थिक अनियमितताप्रति गम्भीर प्रश्न उठाएको छ । स्थानीय बचतकर्ताहरूको विश्वासमाथि ठूलो आघात पुगेको प्रकरणले पारदर्शिता र जबाफदेहिताको आवश्यकता झनै उजागर गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।