अभिलाष गुप्ता, चैत २२ बिरगंज
समुदायमा सरकारी वकील संवाद कार्यक्रम आज एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ। उक्त कार्यक्रम बिरगंज -१३ स्थित बिरगंज स्कुल अफ लको सभाहलमा सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथी बिरगंज स्कुल अफ ल का संचालक अधिवक्ता चन्द्रिका प्रसाद पटेलको आतिथ्यमा एवम् जिल्ला सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधीवक्ता भोलानाथ निरौलाको अध्यक्षतामा सम्पन्न भएको छ। समुदायमा अपराध नियन्त्रण गर्न यस्ता कार्यक्रमको अझै आवस्यकता रहेकोे अधिवक्ता चन्द्रीका प्रसाद पटेलले बताउनु भयो। आजको कानुनको विद्यार्थी नै भोलिको वकिल, सरकारी वकिल र न्यायाधीश हुने हुनाले समाजिक इन्जिनियर बनेर आ आफ्नो तर्फबाट अपराध नियन्त्रणमा सहयोग र सहकार्य गर्न अनुरोध गरे।
उक्त कार्यक्रममा जिल्ला सरकारी वकिल उमेश बिजश्री थारु, प्र. डा. हरेराम ठाकुर, मुक्त भुषाल, बिनोद यादव, प्रदीप साहको विशेष उपस्थिती रहेको थियोे।
उक्त कार्यक्रममा बिरगंज स्कुल अफ लमा BALLB अध्ययनरत ४० जना विद्यार्थीहरु लाई प्रशिक्षण दिएका थिए। कार्यक्रममा सरकारी वकिलहरुले गर्ने काम कर्तब्यहरुको बारेमा पनि प्रष्ट पारेका थिए। विद्यार्थीहरुको जिज्ञासा समेत सम्बोधन गरिएको थियो।
कार्यक्रम सन्चालन जिल्ला सरकारी वकिल अनन्तराज न्यौपानेले गरेका थिए।