बारा – २० चैत्र – मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासंघ बारा शाखाको समन्वयमा भएको पत्रकार आचार संहिता पालना सम्बन्धी गोष्ठीमा मधेश प्रदेशका गृह , संचार तथा कानुन मन्त्री राजकुमार लेखीले आफूले नेतृत्व गरीरहेको मन्त्रालयमा गाउँपालिकाको बजेट भन्दापनि कम रहेको जानकारी गराउनु भएको छ।
मधेश प्रदेश अन्तरर्गत रहेका अन्य मन्त्रालयको तुलनामा सबै भन्दा कम बजेट गृह , संचार तथा कानुन मन्त्रालयमा रहेको बताउनुभयो । सिमित बजेटका कारण आफूले चाहेर पनि मधेश प्रदेशका संचार गृह तथा संचारकर्मीहरुको हकमा राम्रा राम्रा योजनाहरु बनाएर अगाडी बढ्न नसेको सुनाउनुभयो । अन्य मन्त्रालयको अर्बौ बजेट रहेको अवस्थामा गृह , संचार तथा कानुन मन्यालयको कुल बजेट ७७ करोड मात्र रहेको छ।
कम बजेट भएता पनि संचार जगतको लागि एक समिति नै बनाएर के के गर्दा संचारक्षेत्रका विकास हुने हो भन्ने तर्फ अगाडी बढेको बताउनुभयो । त्यसैगरी पत्रकारहरुका लागि पत्रकारीतामा उच्च शिक्षा अध्ययनका लागि छात्रवृति , पत्रकारका लागि जिवन बिमा , पत्रकारीता सम्बन्धी तालिम लगायतका विभिन्न योजनाहरु बनाएर अगाडी बढेको जानकारी दिनुभयो ।
त्यसैगरी बाहिरी जस्तो सुकै शक्ति लागे तापनि राज संस्थान कुनै पनि हालतमा नफर्किने दावी गरे । राज तन्त्रका पक्षमा एक प्रतिशत पनि नागरीक नगरेकोले बाहिरी शक्तिले चाहेर पनि केहि गर्न नसकिरहेको बताउनु भयोछ ।
कार्यक्रममा बारा निर्वाचन क्षेत्र नं. ४ क का प्रदेश सदस्य देवनारायण चौधरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष कमल कुमार उपाध्याय गुरु प्रसाद गौतम लक्ष्मी साह महासंघ बाराका उपाध्यक्ष पन्नालाल दास , नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजका प्रदेश अध्यक्ष दुष्यन्त चौधरी प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ लगायत विभिन्न संगठनकमा अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष अनिल गौरवले गर्नु भएको थियो । कार्यक्रममा प्रशिक्षण नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्णले जानकारी गराए ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका हुन् ।
थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्रासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबिच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
उनले नेपाल र थाइल्याण्डकबिच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता–जनताबिचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा आफूहरूबिच छलफल भएको बिताए । प्रधानमन्त्री ओलीले नेपालमा होटेल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्यान्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री शिनावात्रालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै छिट्टै नेपालको भ्रमण हुने विश्वास पनि व्यक्त गरे । भ्रमणका क्रममा नेपाल र थाइल्याण्डबिच विभिन्न विषयमा समझदारी भएको छ ।